कहीँ नभएको जात्रा हाँडीगाउँमा – Mero Samachar

कहीँ नभएको जात्रा हाँडीगाउँमा

कहीँ नभएको जात्रा हाँडीगाउँमा class=

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो। यो जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा हुने गर्दछ।

परापूर्वकालमा काठमाडौं हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसूतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले नमानी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिन्।

बहिनीको अहम् भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्न परेको हुँदा ज्योतिषीलाई देखाउँदा नारायणलाई हेला गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कही नभएको तरिकाले जात्रा गरी फकाएर ल्याएमात्रै बच्चा जन्मिन्छ भनेको हुँदा यो जात्रा चलाएको भन्ने किम्बदन्ती छ।

यो जात्रामा तीन वटा रथ हुन्छन्, गजुरमुनि र रथमाथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ। अरू जात्रा गर्ने रथमा माथि गजुर हुन्छ।

त्यसैले यो जात्रा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेर प्रख्यात भएको हो।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।