०९ कार्तिक २०७८
(Tuesday 26 October, 2021)

गुल्मी, १५ भदौ 

करेन्ट लागेर ज्यान गुमाएका मदाने गाउँपालिका-१ अग्लुङ्गका १८ वर्षीय विक्रम राउतको परिवारलाई आर्थिक सहयोग र रोजगारीको व्यवस्था गरिएको छ । 

१३ भदौमा करेन्ट लागेर ज्यान गुमाएका विक्रमको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिन र उपयुक्त जागिरको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरण सहमत भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

मृतकका परिवारसँग सहमति भएपछि गुल्मी अस्पतालमा शवको पोस्टमार्टम गरिएको छ ।  छाताको टुप्पोले तार छोएपछि करेन्ट लागेर विक्रमको मृत्यु भएको थियो । 

यसअघि गत १८ मंसिरमा मुसिकोट नगरपालिका ७ का २६ वर्षीय धिरज कार्की, गत १३ वैशाखमा इस्मा गाउँपालिका-५ का २२ वर्षका प्रकाश कुमाल र ११ असार ०७८ मा  रुरु क्षेत्र गाउँपालिका-१ का ३८ वर्षीय सुन्दर श्रेष्ठको पनि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेयले न्युज कारखानालाई जानकारी दिए । 

अव्यवस्थित तार र पोल 

विद्युतको लाइन विस्तार र पुराना पोलहरुको विस्थापनमा  प्राधिकरणले ध्यान नदिँदा दुर्घटना भइरहेका छन् । दुर्घटनापछि पीडितलाई राहत दिन सहमत हुने प्राधिकरण तारहरू व्यवस्थित गर्न तयार भएको देखिँदैन । 

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले धुर्कोटको जैसिथोकदेखि वाग्लासम्म पोल ढलेर तारले भुइँ छोइरहेकाले आफूले कैयौँपटक प्राधिकरणको ध्यानाकर्षण गराउँदा पनि काम नभएको गुनासो गरे । 

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *