यसरी भएको थियो विश्वकप फुटबल लक्षित कामका लागि कामदार पठाउने निर्णय भिसा समस्याले नेपाली श्रमिकहरू कतार जानबाट रोकिएका छन् । विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएर पनि जान नपाएका हुन् ।
कतार विश्वकपका लागि भनेर तीन महिनादेखि ६ महिनासम्मका लागि नेपाली कामदार पठाउने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको थियो । सोही आधारमा श्रम कार्यालयमार्फत २ हजारको हाराहारीमा पूर्वस्वीकृति लिएका थिए। उनीहरू मध्ये करिब १५० जना मात्रै कतार जान पाएको वैदेशिक रोजगार कार्यालय ताहाचलका सूचना अधिकारी तथा निर्देशक बसन्त बहादुर बोहराले बताए ।
नेपालको कानुन अनुसार वैदेशिक रोजगारीमा जानको लागि १ वर्षभन्दा कम अवधिका लागि श्रम स्वीकृति दिन मिल्दैन । श्रम मन्त्रालयले विशेष निर्णय गरेर नेपाली श्रमिक पठाएर कतारलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएका कामदारहरू रोकिएका हुन् । व्यक्तिगत पहलमा भने १ जना मात्र श्रम स्वीकृति लिएर कतार गएका छन् ।
‘हाया’ भिसामार्फत विश्वकप हेर्न नेपालीहरू कतार जाने भएका छन् । जुन भिसा विशुद्ध विश्वकप फुटबल हेर्नको लागि मात्र हो । सरकारले सोही भिसा मार्फत श्रमिकलाई पनि पठाउने भनेको थियो । तर, त्यसबाट कामदारको रूपमा जान नसकिने भएपछि उनीहरू रोकिएको निर्देशक बोहराले बताए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।