एमालेबाट ७ महिला प्रत्यक्षतर्फ उम्मेदवार, माओवादीका ६ र कांग्रेसका ५* – Mero Samachar

एमालेबाट ७ महिला प्रत्यक्षतर्फ उम्मेदवार, माओवादीका ६ र कांग्रेसका ५*

एमालेबाट ७ महिला प्रत्यक्षतर्फ उम्मेदवार, माओवादीका ६ र कांग्रेसका ५* class=

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रमुख दलमध्ये नेकपा एमालेले सबैभन्दा बढी सिटमा महिलालाई उम्मेदवार बनाएको छ। एमालेले ७ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिँदा नेपाली कांग्रेसले ५ जना महिलालाई उम्मेदवार बनाएको छ।

एमालेबाट सुनसरी ३ मा भगवती चौधरी, दाङ १ मा शान्ता चौधरी र दाङ ३ मा कोमल वलीलाई प्रत्यक्षमा उठाएको छ। यस्तै पद्मा अर्याललाई स्याङ्जा २, विद्या भट्टराईलाई कास्की २, गौरी वलीलाई डोटी र निरूदेवी पाललाई कञ्चनपुर ३ को टिकट दिएको छ।

माओवादी केन्द्रले पनि ६ जना महिलालाई चुनावी प्रतिस्पर्धामा ल्याएको छ।

पम्फा भुसाल, कल्पना धमला, रेखा शर्मा, ओनसरी घर्ती, गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराईलाई टिकट दिएको छ।

यस्तै कांग्रेसले सुजाता कोइरालालाई मोरङ २ मा उठाउने भएको छ भने सिराहाबाट चित्रलेखा यादवलाई उठाएको छ। पुष्पा भुसाललाई अर्घाखाँचीबाट टिकट दिँदा डीना उपाध्यायलाई मकवापुर र सीता गुरूङलाई तेह्रथुममा टिकट दिएको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।