एनआईसी एशिया बैंकको नाफा ३.२५ अर्ब बढ्दा निक्षेप २.८६ खर्ब पुग्यो, प्रतिशेयर आम्दानी घटेर २८.११ रुपैयाँ – Mero Samachar

एनआईसी एशिया बैंकको नाफा ३.२५ अर्ब बढ्दा निक्षेप २.८६ खर्ब पुग्यो, प्रतिशेयर आम्दानी घटेर २८.११ रुपैयाँ

एनआईसी एशिया बैंकको नाफा ३.२५ अर्ब बढ्दा निक्षेप २.८६ खर्ब पुग्यो, प्रतिशेयर आम्दानी घटेर २८.११ रुपैयाँ class=

कर्जा खबर, काठमाडौं ।

एनआईसी एशिया बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ४.९२ प्रतिशत बढेर ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ९ करोड ८५ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेर ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ३५.०४ प्रतिशत घटेर १ अर्ब ६१ करोड २८ लाख ४२ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको सञ्चालन मुनाफा ८.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८८ लाख ९२ हजार रुपैयाँ, वितरणयोग्य मुनाफा ३३.३८ प्रतिशत बढेर १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ६.१२ प्रतिशत बढेर ११ अर्ब ३३ करोड ७५ लाख ४२ हजार रुपैयाँ रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ११ करोड ३७ लाख रुपैयाँबाट बढेर १९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा चुक्ता पूँजी १९ प्रतिशत बढेर ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ, जगेडा कोष २१.३१ प्रतिशत बढेर ९ अर्ब १२ करोड ७९ लाख ६० हजार रुपैयाँ, निक्षेप ४२.२५ प्रतिशत बढेर २ खर्ब ८६ अर्ब ८२ करोड ६ लाख १५ हजार रुपैयाँ र कर्जा ५५.३३ प्रतिशत बढेर २ खर्ब ४८ अर्ब ८१ करोड १४ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसा घटेर २८ रुपैयाँ ११ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३५.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बंैकले गत आ.व. २०७७÷७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । आ.व. २०७७÷७८ मा यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।