एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो – Mero Samachar

एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो class=

एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०।६३ र चाँदी २४।४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालमा आज ९शुक्रबार० छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १२५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३२५ रुपैयाँ पुगेको हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।