एक बैंकबाट ४ करोड रुपैयाँ र जम्मा १२ करोड भन्दा बढी सेयर कर्जा लिन नपाइने – Mero Samachar

एक बैंकबाट ४ करोड रुपैयाँ र जम्मा १२ करोड भन्दा बढी सेयर कर्जा लिन नपाइने

एक बैंकबाट ४ करोड रुपैयाँ र जम्मा १२ करोड भन्दा बढी सेयर कर्जा लिन नपाइने class=

कर्जा खबर, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा नयाँ ब्यवस्था गरेको छ । अब सेयर धितो कर्जाका लागी १२ करोड रुपैयाँसम्म लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनका लागी सिमा नै तोकेको हो । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।

राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने छ । उक्त ब्यक्ति तथा फर्मले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सेयरधितो कर्जामा ६५ प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।