कर्जा खबर, काठमाडौं
एक्सेल डेभलपमेन्ट बैंक ले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । बैंकले हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।