शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका जारी गरेको छ । शिक्षा ऐन २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले ‘एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०७९’ जारी गरेको हो ।
उक्त निर्देशिकाले शैक्षिक विवरणको संकलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा प्रयोगलाई विश्वासिलो र भरपर्दो बनाउनका लागि मौजुदा सूचना प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत मिल्ने विश्वास लिइएको छ ।
शिक्षा क्षेत्रको गतिविधिबारे यथार्थ आधार जुटाई सर्वसाधारणलाई शिक्षा क्षेत्रबारे जानकारी गराई शैक्षिक सेवालाई प्रभावकारी बनाउन निर्देशिकाले मद्दत मिल्ने मन्त्रालयले विश्वास लिएको छ । त्यस्तै शिक्षा क्षेत्रको ठोस नीति निर्धारण गरी सुधार तथा व्यवस्थापन गर्न, शिक्षाका तमाम गतिविधिलाई अध्यावधिक गरी सूचना प्रविधि मार्फत सार्वजनिक गर्ने निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।
शैक्षिक संस्थाका शैक्षिक विवरण समयमा नै अद्यावधिक गर्ने गराउने कार्यको सुनिश्चित गर्नु यसको उद्देश्य रहेको छ । त्यस्तै शैक्षिक संस्थाले प्रयोग गरेका तथा विकास गर्ने शैक्षिक सूचना प्रणालीबीच सह–सम्बन्ध र अन्तर आबद्धता कायम गरी विवरण प्राप्तिमा सहजीकरण गर्नु, शैक्षिक विवरणको गुणस्तर अभिवृद्धि गरी विश्वसनिय कायम गर्नु निर्देशिका उद्देश्य रहेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।