‘एकसाथ ५०-६० वटा ट्रान्सफर्मर बिग्रिए, माग धान्न कुनै समस्या छैन’ – Mero Samachar

‘एकसाथ ५०-६० वटा ट्रान्सफर्मर बिग्रिए, माग धान्न कुनै समस्या छैन’

‘एकसाथ ५०-६० वटा ट्रान्सफर्मर बिग्रिए, माग धान्न कुनै समस्या छैन’ class=

१६ पुस, काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदे वर्षाका कारण जाडो बढेका बेला एक्कासी अप्रत्यासित दरमा लोड बढ्दा स्थानीय वितरण प्रणालीमा समस्या आएको बताएका छन् । मंगलबार रातिदेखि भएको भएको वर्षाका कारण उपत्यकाको करिब ३८ सय वटा वितरण ९टोल(टोल रहने० ट्रान्सफर्मरमध्ये ५०(६० वटा ट्रान्सर्फमर जलेको उनले बताए ।

उनले पिक आवरमा १७ सय मेगावाटसम्म बिजुलीको माग धान्न तामाकोशी, कालीगण्डकी, मर्स्याङ्दीजस्ता जलविद्युत्, आयोजना पिकिङ गर्दा अधिकतम् स्वदेशकै बिजुलीले माग धानिएको उनको भनाइ छ ।

‘दिउँसो आयोजनाका जलाशयमा पानी जमाउन केही घण्टा भारतबाट तीन सय मेगावाटसम्म बिजुली ल्याउँछौं,’ घिसिङले भने,’मागअनुसार दिन बिजुलीको अभाव छैन । वितरण प्रणालीमा देखिएको प्राविधिक समस्याले केही अप्ठेरो पारेको हो ।’

 

उनले हिउँदे वर्षाका कारण क्षमताभन्दा लोड धेरै आएका कारण स्थानीय रुपमा केही क्षत्रेका ट्रान्सर्फमरहरु जलेको बताए । इमाडोल, कालधारा, महाराजगञ्ज, नयाँबानेश्वर लगायतका क्षेत्रका ५०(६० वटा ट्रान्सर्फमर जलेर बिग्रिएको उनले बताए ।

 

‘सिंहदरबार स्बस्टेसनबाट निस्कने एउटा फिडरमा पनि आगलागी भयो, त्यसले अनामनगर र डिल्लीबजार क्षेत्रमा पनि समस्या भयो,’ घिसिङले भने,’तर लगातार खटेर हाम्रो टोलीले ट्रान्सर्फमर फेरेको छ, धेरै स्थानमा बिजुली आइसक्यो, कतै बाँकी छ भने आजसम्म सबैतिर बिजुली आपूर्ति सुचारु हुन्छ ।’

 

घिसिङले काठमाडौंमा बिजुलीको माग गत वर्षभन्दा करिब ८० देखि १०० मेगावाटसम्म बढेको भन्दै त्यसअनुसार नै ट्रान्सर्फमरहरु फेर्ने काम भइरहेको बताए । तर, स्थानीय क्षेत्रमा आफूहरुले अपेक्षा गरेको भन्दा बढी लोड आएकाले ठूलो क्षमताको ट्रान्सर्फमरहरु राख्ने काम चलिहरेको उनले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।