कर्जा खबर, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ ।
आर्थिक बर्ष २०७८÷०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारले ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातार ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न निर्देशन दिएका हुन ।
यसअघिसम्म लगातार २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्थ्यो ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।