ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा – Mero Samachar

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा class=

काठमाडौं । ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पूर्वनिर्धारित मिति स्थगित भएपछि निर्माताले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् ।

निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ ।

फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको समेत अभिनय छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गरेका हुन् ।

मुख्य भूमिकामा रहेकी ऋचा फिल्मकी प्रस्तुतकर्ता समेत हुन् । वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ । भुसालकै फिल्म ‘मेरो राजेश दाइ’ पनि आगामी चैत १० गते रिलिज हुँदैछ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।