उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना – Mero Samachar

उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना

उपराष्ट्रपति पुनले दिए तमु ल्होसारको शुभकामना class=

१५ पुस, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरण सहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

तमु ९गुरुङ० समुदायको महान् चाड तमु ल्होछार ९ल्होसार०२०७८ का अवसरमा आज शुभकामना दिँदै उनले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवर्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताए ।

गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु ९गुरुङ० समुदायले आज यस वर्षको ल्होसार मनाउँदै छन् । उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिको कामना गरेका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।