इन्डोनेसियामा ५.४ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु – Mero Samachar

इन्डोनेसियामा ५.४ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु

इन्डोनेसियामा ५.४ म्याग्निच्युडको भूकम्प, २० को मृत्यु class=

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । योसँगै ३ सय जना घाइते भएको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।​ युएसजीएसका अनुसार रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ४ मापन गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको समाचारमा जनाइएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।