आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? – Mero Samachar

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? class=

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रूपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रूपैयाँले बढेर १ हजार ३२५ रूपैयाँमा किनबेच भएको थियो।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।