२० मंसिर २०७८
(Monday 06 December, 2021)

पाल्पा– तीनदिनदेखि परेको अविरल वर्षातका कारण जिल्लाको पूर्वखोला गाउँपालिका १ सिलुवा सानो गल्धामा पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।


पूर्वखोला गाउँपालिका १ सानोगल्धामा माथीबाट पहिरो झरेर सडक अबरुद्ध हुँदा पाल्पा आर्यभञ्ज्याङ्ग रामपुर सडक बन्द भएको प्रहरीले जनाएको छ ।


विहान रातीदेखि झरेको पहिरोका कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको र पहिरो हटाउनको लागि सम्बन्धित निकायहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


यस्तै तीनदिनदेखि परेको अविरल वर्षातका कारण सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा राम्दी सडक खण्डको सितापहाडमा पहिरो गएको छ । रम्भा गाउँपालिका ३ सितापहाडमा माथीबाट पहिरो झरेर सडक अबरुद्ध हुँदा पाल्पा राम्दी सडक खण्ड सिद्धार्थ राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ ।
यस्तै राम्दी नजिकै जलविरेमा पनि सडक अबरुद्ध भएको प्रहरी चौकी राम्दीले जनाएको छ ।

सडकमा हिलो सहितको पहिरो झरेका कारण सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो । पहिरो हटाउनको लागि निकायहरुसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *