अल्पकालीन ब्याजदर दोहोरो अंकमै – Mero Samachar

अल्पकालीन ब्याजदर दोहोरो अंकमै

अल्पकालीन ब्याजदर दोहोरो अंकमै class=

काठमाडौं । अल्पकालीन ब्याजदर दोहोरो अंकमा पुगेपछि सोमबार बोलकबोल भएको ट्रेजरी बिलको केही हिस्सा नेपाल राष्ट्र बैंकले नै खरिद गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका कूल १८ अर्ब २५ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल
गरेको थियो ।

सोमबार २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोकबोल भएकोमा ५ अर्ब नै बैंकहरुलाई नवीकरण भएको छ । जसको डिस्काउन्ट रेट औसत ९.५४७९ प्रतिशत तय हुँदा अधिकतम १०.९७०२ प्रतिशत र न्युनतम ८.९९९४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबार नै ९१ दिन अवधिको ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुँदा डिस्काउन्ट रेट औसत १०.१४२० प्रतिशत तथा अधिकतम ११.५००२ प्रतिशत र न्युनतम ९.२४९९ प्रतिशत रहेको थियो ।

यस्तै राष्ट्र बैंकले १८२ दिन अवधिको २ अर्ब २५ करोडको ट्रेजरी बिल पनि नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । १ अर्ब ७९ करोड रुपैयाँको ट्रेजरी बिलको भुक्तानी नेपाल सरकारले गरेको छ । ४६ करोड मात्रै नवीकरण हुँदा डिस्काउन्ट रेट औसत १०.०६९९ प्रतिशत तथा अधिकतम १०.३५०१ र न्यूनतम ९.०५६८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै ३६४ दिन अवधिको ३ अर्बको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल भएकोमा २ अर्ब ६० करोड रुपैयाँको राष्ट्र बैंक आफैंले खरिद गरेको छ । ४० करोड बराबरको ट्रेजरी बिल बैंकहरुलाई नवीकरण गर्दा डिस्काउन्ट रेट औसत १०.०५५७ प्रतिशत तथा अधिकतम १०.४९८० र न्युनतम ८.९८९१ प्रतिशत कायम भएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।