अमेरिकी डलर १३२ रूपैयाँ पुग्दा ८२ रूपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर – Mero Samachar

अमेरिकी डलर १३२ रूपैयाँ पुग्दा ८२ रूपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर

अमेरिकी डलर १३२ रूपैयाँ पुग्दा ८२ रूपैयाँमा झर्‍यो अष्ट्रेलियन डलर class=

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ।

नेपालमा निरन्तर घटेको अष्ट्रेलियन डलरको खरिद मूल्य मंगलबार एक अष्ट्रेलियन डलर बराबर ८३.३७ रूपैयाँ तोकिएको थियो। एक महिना अघिसम्म एक अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.५५रूपैयाँ थियो।

त्यस्तै युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर २९ महिना यताकै सस्तो भएको छ। बुधबार एक अष्ट्रेलियन डलर बराबर ६२ युएस सेन्ट्समा कारोबार भइरहेको छ। यो अप्रिल २०२० यताकै न्युन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले उल्लेख गरेका छन्।

अप्रिलमा अष्ट्रेलियन डलर हालसम्मकै उच्च अर्थात् एक अष्ट्रेलियन डलर बराबर ७६.६ युएस डलरमा कारोबार भइरहेको थियो। हाल यसमा १७ प्रतिशतले कटौति भएको छ।

यो वर्षभरी नै अष्ट्रेलियन डलर ६२ देखि ६७.५ युएस सेन्ट्समा कारोबार हुने प्रक्षेपण नेशनल अष्ट्रेलिया बैंकले गरेको छ। सन् २०२३ मा मात्रै यसमा सुधार हुने प्रक्षेपण गरिएको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।