अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने – Mero Samachar

अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने

अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने class=

काठमाडौं । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ ।

तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् भन्ने उद्देश्यले यस्ता काउन्टर खोल्ने गरिएको छ ।

अब अनलाइन भुक्तानीलाई प्राथमिकता दिने प्राधिकरणको योजना छ । प्राधिकरणले अहिले हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

‘यसअघि अनलाइन भुक्तानी सुविधा नभएको अवस्थामा प्राधिकरणका केही वितरण केन्द्रहरूमा विद्युत् उपभोक्ताहरूले विद्युत् महसुल बुझाउने क्रममा हुने भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबारका दिनमा सञ्चालन गरिँदै आएको विद्युत् महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले १ कात्तिकदेखि लागू हुनेगरी बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ प्राधिकरणको सूचनामा भनिएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।