काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कात्तिक १५ मा दुर्घटनामा परेर घाइते भएकी सुब्बाको बाजबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्तकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।