टुरानमाथि लाग्यो १६ खेलको प्रतिबन्ध

२८ वैशाख, काठमाडौं । बार्सिलोनाबाट लोनमा टर्किस क्लब बाखामशिगिस गएका आर्ड टुरानमाथि १६ खेलको प्रतिबन्ध लागेको छ । सुपर लिगमा गत साता सिभास्पोरसँग १–१ को बराबरी खेल्दा उनले सहायक रेफ्रीलाई धकेलेका थिए । बल अघि बढाउने क्रममा आफूलाई विपक्षी खेलाडीले लडाएपनि फल नदिएको भन्दै उनले रेफ्रीलाई धेकेलेका थिए ।