मनोरन्जन

‘क्याप्टेन’ मा प्रशान्तका चेला अनमोल

काठमाण्डौ,
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को यतिबेला पूर्वको दमकमा जोडतोडका साथ छायांकन भइरहेको छ । अहिले दमकमा जारी ‘दमक गोल्डकप फुटबल प्रतियोगिता’ मा फिल्मका केही महत्वपूर्ण दृश्य खिच्ने काम भइरहेको छ ।

दीवाकर भट्टराईको निर्देशन रहने यसमा अनमोलसँगै सरोज खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमबी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राईलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

हालैमा फिल्मको सेटबाट प्रशान्तले एक तश्बिर आफ्नो फेसबुकमा अपलोड गरेका छन्, जसमा उनीसँगै अनमोल र विल्सनलगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।

तश्बिरबाटै प्रशान्त यस फिल्ममा फुटबल प्रशिक्षकको भूमिकामा रहेको स्पष्ट हुन्छ । ‘क्याप्टेन’ का लागि उनले आफ्नो लुक्समा केही परिवर्तन गरेका छन् । उता अनमोलले पनि आफ्नो तौल केही कम गरेका छन् । प्रशान्तले शेयर गरेको तश्बिरमा अनमोल ११ र विल्सनलाई ८ नम्बरको फुटबल जर्सीमा देख्न सकिन्छ ।

केही दिनयता दैनिकजसो सामाजिक सञ्जालमा अनमोलको खेलाडी लुक्स सार्वजनिक भइरहँदा निर्माण टिम भने राम्रै तनाबमा देखिएको छ ।

गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ को लुक्स रिभिल हुने डरले झण्डै डेढ वर्ष घरको चारकुनामा सिमित भएका अनमोलले ‘क्याप्टेन’ मा भने आफ्नो खेलाडी लुक्स लुकाइराख्न सकेका छैनन् ।

भुवन केसीको निर्माण रहेको यस फिल्मको कथा सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ ।
Other News Headlines
‘जय भोले’ सँग वार्ताको ढोका खुल्ला छ : दीपकराज गिरी
भारतमा ‘एभेन्जर्स’ ले कमायो २ सय करोड
‘छक्का पञ्जा ३’ को मुहर्त, भित्रिए पुष्प
हलमा ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’
यूनिभर्सल ‘लम्फू’ ले पायो ८० पर्दा
आर्यन र साम्राज्ञीको ‘कायरा’ रिलिज घोषणा
‘भोर’ नचलेको निर्देशक भट्टराईको स्विकारोक्ति
चोरी भयो सुपरहिरो ‘आइरन म्यान’ को ३ करोडको सूट
तरकारीवालीका कारण ‘लम्फू’ लाई होला फाइदा ?
पैसामुखी बन्दैछन् खगेन्द्र ?

किन हेर्ने ‘डमरुको डण्डीबियो’ ? जान्नुस् ५ कारण
परमिताले खुलाइन् नयाँ प्रेमी | प्रियंकाको कमेन्ट यस्तो
‘मुम्बई एक्सप्रेस’ को फोटोकपी ‘झमक बहादुर’ (ट्रेलर)
सलमानको करिअरकै सबैभन्दा ठूलो फिल्म बन्यो ‘रेस ३’
‘हिरो रिटर्न्स’ को शिर्ष गीत रिलिज (भिडियो)
फिल्मीखबर,

Leave a Reply