मनोरन्जन

हाकिम कुर्दैमा हैरान हुन्छन् सेवाग्राही

अपरान्ह १२ बजिसकेको थियो । तर कार्यालय प्रमुखको कार्यकक्षमा ताला खोलिएको थिएन । सेवाग्राही हाकिम आउने बाटो कुरेर बसेका थिए ।
प्रसंग हो, खानेपानी तथा सरसफाइ कार्यालय मुगुको । खत्याड गाउँपालिका–७ गम्थाका सिदुरे डाँगरले यसरी कार्यालयमा पुगेर हाकिम नभेटाएको ८ दिन बित्यो । तर एउटा योजना सम्झौता गर्न उनले सकेका छैनन् । उनको सुँगुर खाल खानेपानी आयोजना क्रमागत थियो । यो वर्ष सम्पन्न हुने योजनाको अन्तिम सम्झौताका लागि उनी दुई दिनको पैदल बाटो हिँडेर गमगढी आएका हुन् । “घरबाट आएको ८ दिन बितिसक्यो कहिले हाकिम नआउने कहिले प्राविधिक नआउने, भेटिए पनि कागजात मिलेन भन्ने गरेका छन्, होटेलमा बास बस्दा खर्चसमेत सकियो,” सिदुरेले भने ।
कार्यालयमा पुग्दा प्राविधिक हाकिम भेटिँदैनन् भने क्रमागत योजनाको काम गर्दा प्राविधिक जाने कुरै भएन उनले थपे । प्राविधिक नगएपछि अरुलाई नै खर्च दिएर प्राविधिक लिएको उनले सुनाए । प्राविधिक नै नबसेर हामीले आफै काम गरेका छौं योजना दिगो हुनेमा शंका छ अर्का उपभोक्ता अम्मरबहादुर डाँगरले भने, “कार्यालय प्रमुख नभेटिँदा हैरान भइसकेका छौं ।” कार्यालयका सबडिभिजन प्रमुख रवीमोहन कोइराला जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि अनुगमनमा गएको खानेपानी कार्यालयका खरिदार चक्र भण्डारीले जानकारी दिए । डिभिजन प्रमुख कहिले निवासमा नै बसेर काम गर्ने, कार्यालयमा बस्दै नबस्ने, कार्यालय गए पनि १२÷१ बजेमात्र जाने गरेका कारण सेवाग्राहीले समयमा नै सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् । योजनामा काम गर्ने उपभोक्तालाई योजनाको कुल बजेटसमेत थाहा हुँदैन । कार्यालयले आफै सामान खरिद गर्छ । कुन सामानको मूल्य कति हो हामीलाई थाहा नै हुँदैन उपभोक्ता सतितिका सदस्यहरूको गुनासो छ ।
-दानबहादुर बुढा

Leave a Reply