मनोरन्जन

‘भोर’ नचलेको निर्देशक भट्टराईको स्विकारोक्ति

काठमाण्डौ,
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको थियो । ‘झोला’ झैँ यो फिल्म पनि सफल हुनेमा निर्देशक भट्टराई विश्वस्त थिए ।

तर, रिजल्ट उल्टो आयो । दर्शकले फिल्मलाई त रचाए तर कमजोर व्यापार गर्‍यो । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक भट्टराईले ‘भोर’ व्यवसायिक रुपमा असफल भएको स्विकार गरेका छन् । उनका अनुसार, ‘भोर’ असफल हुनुको पछाडि बन्दको हल्ला प्रमुख बाधक हो ।

‘फिल्म रिलिजको बेलादेखि देशभर बन्दको हल्ला थियो । यसकारण नै फिल्मको व्यापारमा ठूलो असर गर्‍यो’, उनले भने । फिल्म व्यवसायिक रुपमा असफल भएपनि विभिन्न च्यारिटीबाट लगानी सुरक्षित गर्नेमा उनी विश्वस्त छन् ।

Leave a Reply