मनोरन्जन

एभेन्जर्सको गतिलो सुरुवात, बागी-२ र पद्मावतलाई पछि पार्‍यो

मुम्बई: यस शुक्रवार रिलिज भएको हलिउड सुपरहिरो फिल्म एभेन्जर्स: इन्फिनिटी वारले यो वर्ष रिलिज भएका बलिउडका सबै फिल्मलाई पछारिदिएको छ।

यो फिल्म रिलिज भएको पहिलो दिन बलिउडमा वर्षकै सबैभन्दा धेरै कमाई गर्न सफल भएको छ। फिल्मले पद्मावत र बागी-२ जस्ता फिल्मलाई पनि उछिन्दै पहिलो दिनमा ३१.३० करोड भारतीय रुपैयाँ रुपए (नेट बक्स अफि‍स कलेक्सन) कमाउन सफल भएको छ। यो फिल्मले समग्रमा ४०.१३ करोड रुपैयाँ कमाएको छ ।

फिल्म क्रिटिक तथा ट्रेड एक्सपर्ट तरण आदर्शले ट्विट गर्दै एभेन्जर्सको ओपनिङ डे को आम्दानी अंग्रेजी र डब दुवैको जोडेर ३१ करो भएको हो । समाचार अनुसार यो साल बलिउडमा सार्वजनिक फिल्ममा एभेन्जर्सको पहिलो दिनको कमाई सबैभन्दा धेरै हो ।

बागी-२ ले पहिलो दिन २५.१० करोड, पद्मावतले १९ करोड, प्याडम्यानले १०.२६ करोड र रेडले १०.०४ करोड रुपैयाँ कमाएका थिए ।

भारतमा एभेन्जर्स: इन्फीनिटी वार २ हजार पर्दामा रिलिज भएको छ । बिहीबार भएको रात्रि शोमा पनि एभेन्जर्सले ठुलो कमाई गर्‍यो । यो प्रिभ्यू शो बाट चौथो सबैभन्दा धेरै कमाउने फिल्म पनि यही बनेको छ। फिल्मले ३.९ करोड डलर अर्थात या २६० करोड भारतीय रुपैयाँ कमाएको थियो ।

यसभन्दा पहिले आई मार्वल्सको फिल्म एवेन्जर्स: एज फ अल्टरनले २.७६ करोड डलर प्रिभ्यू शोबाट कमाएको थियो । ‘एभेन्जर्स : इन्फीनिटी वार’ ले रिलिज भन्दा पहिले ठुलो कमाई गरेको हो। यो फिल्मको २० लाख टिकट रिलिज अघि नै बिकेका थिए ।

Leave a Reply