बिजनेसविचारसूचना प्रविधि

मोदीले भने : नेपालबिना भारतका राम पनि अधुरो, भारतका काम पनि अधुरो

धनुषा, वैशाख २८ – शुक्रबार दुईदिने नेपालको भारतीय राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्रबिघामा विभिन्न सम्मानसहित अभिनन्दन गरिएको छ ।

बाह्रबिघा मैदानमा सम्बोधन गर्दै आफू पहिले नै जनकपुर आउन चाहेको बताउँदै मोदीले भन्नुभयो, ‘अगस्ट २०१४ मा पहिलो पटक आफू प्रधानमन्त्रीको तवरमा नेपाल भ्रमणमा आफू आउँदा नेपालको संविधानसभामै आफू जनकपुरमा आउने प्रतिवद्धता जनाएको थिएँ ।’ तर विविध कारणले आफू जनकपुर आउन नसकेकोमा क्षमा माग्दै आफ्नो पुरानो मनोकामना आज पूरा भएको मोदीले बताउनुभयो ।

‘मेरो यसपटकको नेपालको भ्रमण प्रधानमन्त्रीको रुपमा होइन, प्रधान तीर्थयात्रीको रुपमा रहेको छ ।’ उहाँले सम्बोधनको क्रममा नेपाल–भारत सम्बन्ध ‘रोटी र बेटी’ को भएको बताउनुभयो । जनकपुर माता जानकीको भूमि भएको र योबिना अयोध्या अधुरो हुने भारतीय प्रधानमन्त्री मोदीले बताउनुभयो ।

उहाँले भारत र नेपालको संस्कृति, भाषा र सभ्यतामा मात्रै समान नभएको बताउँदै नेपाल र भारतको सपना, उद्धेश्य तथा सुखदुःख पनि समान भएको बताउनुभयो । उहाँले नेपालको सहयोगबिना भारत अपूरो हुने बताउँदै भन्नुभयो, ‘नेपाल के बिना भारतके राम भि अधुरा, नेपालके बिना भारतके काम भि अधुरा ।’

आफूले नेपाललाई पराइजस्तो महसुस नगरेको बताउँदै भन्नुभयो, ‘सबै आफ्नैजस्तो मात्रै होइन सबै आफ्नै त हौँ ।’

Leave a Reply