Featured

मिस नेपाल भन्छिन्, ‘राजनीति गर्दिनँ, फिल्म पनि खेल्दिनँ’

कृष्ण सारु मगर
हेटौंडाः मिस नेपाल-२०१८ श्रृंखला खतिवडाले फिल्न नखेल्ने बताएकी छन् । ‘मलाई अभिनय र नाच्न पनि राम्रोसँग आउँदैन’, मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा आएकी खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘मिस नेपाल हुनेबित्तिकै अभियानमा आउनुपर्छ भन्ने पनि छैन ।’

राजनीति गर्दिनँ

आर्किटेक्टको विद्यार्थी भएकाले त्यही पेशामै अघि बढ्ने सोचमा रहेको खतिवडाले बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उनले बताइन् ।

‘म मिस नेपाल भएपनि मेरो जुन पेशा हो त्यसैमा रहन्छु’, उनले भनिन् । हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू त्यसतर्फ नलाग्ने खतिवडाले स्पष्ट पारिन् । उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् ।

सरकारले बुझेन

मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै उनले मिस नेपाललाई सरकारले नै बुझ्न सकेको गुनासो गरिन् । ‘मेरोे अबको लक्ष्य मिस वल्र्ड हो’, ‘त्यसको तयारीमा जुटिसकेको छु ।’

यसअघि मिस वल्र्डमा सहभागी नेपाली सुन्दरीको उपलब्धीबारे समेत व्याख्या गर्दै श्रृंखलाले मिस वल्र्डमा प्रस्तुत गर्न उपयुक्त सामाजिक कामको योजना छनोटका लागि अनुसन्धान गरिरहेको बताइन् ।

साथै उनले मिस नेपाल कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने भन्दै

Leave a Reply