मनोरन्जन

अञ्जु पन्तको आधुनिक गीत ‘नरुनु है’ बजारमा

मेरो समाचार
पाल्पा, चर्चित आधुनिक गायिका अन्जु पन्तको नयाँ गीत नरुनुहै बजारमा सार्वजनिक भएको छ । ‘नरुनु है’ बोल रहेको यस आधुनिक गीतमा अन्जु पन्तको स्वर, सन्तोष कट्वाल र क्षितिज श्रेष्ठको लेखन रहेको छ भने संगीत आतिफ खानको रहेको छ ।
गीतको छायांकन अर्जुन तिवारीले गरेका छन् र निर्देशन र सम्पादन दुवै भने विज्ञान राईले गरेका छन् । साथै, भिडियोमा शिल्पा पोखरेल र साहिल खानले अभिनय रहेका छन् ।


यस गीत तथा भिडियोमा दुखद प्रेम कथालाई देखाइएको छ । प्रेमिका गम्भीर रोगबाट पीडित भएका कारण प्रेमीलाई चोट नदिन, सो कुरा गोप्य राखि, आफूबाट प्रेमीलाई टाँढा लग्न खोजिएको कुरा गीत मार्फत भिडियोमा देख्न सकिन्छ ।
प्रेमिको ईच्छा विपरीत काम गरेको नक्कल गर्दै, प्रेमीको मनमा घृणा पैदा गराउनुमा प्रेमिका लागि परेकी हुन्छे । प्रेमीले भने घृणा गर्न थालिसकेको हुँदा अन्त्यमा सत्यताको जानकारी पाउँछ, यसरी गीतको माध्यमबाट सामाजिक यर्थातालाई चित्रण गराउन खोजिएको छ ।
यो गीत पछिल्लो समयमा सुपरटप गीतका रुपमा समेत पर्न सफल भएको छ । म्यूजिक नेपालको च्यानलबाट यूट्युभ भिडियो समेत सार्वजनिक गरिएको छ ।

Leave a Reply