मनोरन्जन

लण्डनमा युरोप स्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न

Two special-edition models get bespoke trim and higher-specification multimedia systems, on sale in June.

लण्डन : अन्तराष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए।

बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए। नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप र बेलायतकी काजोल गुरूङ दोस्रो रनरअप तथा गायनतर्फ बेलायतका निमान तामाङ पहिलो रनरअप र जर्मनीका सुरज सापकोटा दोस्रो रनरअप बने।

दुवै विधाका प्रतियोगीहरुले दुई दुई चरणमा आफ्ना प्रस्तुति गरेका थिए। निर्णायकको भूमिकामा नृत्य विधामा सनम बैराग, शारदा शर्मा र वर्षा खड्का तथा गायन विधामा मधु क्षेत्री, शर्मिला वर्देवा र पर्शुराम रिजाल थिए।

दुवै विधाका विजेतालाई ७ सय १ युरोको नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरो नगदसहित प्रमाणपत्र र ट्रफी पाए।

दुवै विधामा पहिलो हुनेलाई आउँदो १ वर्षको लागि ईनास सद्भावना दूत घोषणा गरिएको छ। गायनका विजेतााई एउटा गीत रेकर्ड गराउने र नृत्यकी विजेतालाई सोही गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने भएको छ।

प्रवासमा रहेर नेपाली कला, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएको भन्दै गायिका सितु खरेल र निर्देशक सञ्चारकर्मी कुशल श्रेष्ठलाई पनि ईनासले विशेष सम्मान गरेको छ।

Leave a Reply