मनोरन्जन

‘आमा’ सँग उदाएको नयाँ वर्ष २०७५

जिउँदो छँदा आमाको स्याहार गर्नुभन्दा आमाको बयान गरेर कविता लेख्न सजिलो।

काठमाडौं :
‘आमा’ कविताको वाचनसँगै कवि कुन्ता शर्माले नयाँ वर्ष २०७५ लाई स्वागत गरिन्। ‘हामी कवि र कविता’ को ५६औं शृंखलामा कुन्ताले उक्त कवितावाचन गरेकी हुन्। कवितावाचनबाटै कुन्ताले उपस्थित सबैलाई भावुक बनाइन्। ‘उमेर ढल्किँदै गएको आमाको हेरचाह गर्ने फुर्सद कहाँ छ आजभोलि छोराछोरीलाई। आमाले आफ्नो मात्र सोचेको भए हामी बाँचिरहेको यो समय देख्न पाइँदैनथियो होला’ भन्दै शर्मा कवितावाचनमा लागिन्। बिरुवा कहिल्यै कोपिला हुँदैनन्, फुल्दैनन्, फक्रदैनन्। तर पनि एक आशा रहन्छ त्यो फक्रन्छ कि भन्ने। र, यो आशा एक आमाले सधंै आफ्ना सन्तानबाट गरिरहन्छिन्। उनको कविताको भाव यही नै थियो।

उनीद्वारा वाचित अर्को हो कविता ‘पोथी बाँस्नु हुँदैन’। यो उनको लोकप्रिय कवितामध्येको एक हो। नारीहरूले समाजको व्यवस्था तोड्नु हुँदैन, तोडिए पोथी बासेको ठहरिन्छ र पोथी बास्नु भनेको अनर्थ हुनु हो। नेपाली पुरुषप्रधान समाजमा महिलाको अस्तित्वलाई सधंै नगन्य ठानिएको प्रति उनको कविताले विद्रोह गर्छ। नयाँ वर्षको दिन सर्वनाम नाटकघरमा उनले ‘बीउ कुहियो’, ‘बुवाको मुख हेर्ने दिनमा’, ‘घाइते भूमिका नानीहरू’, ‘कमसेकम सपना त देख’ र ‘धातु’ शीर्षका कवितावाचन गरिन्।

दोस्रो चरणमा कवि अविनाश श्रेष्ठले केही नयाँ र केही पुराना कवितावाचन गरे। उनीद्वारा वाचित ‘मेरी आमा’ शीर्षकको कवितामा उनी भन्दै थिए, ‘साँझ पिँढीमा राखिएको टुकी झै वर्षौंदेखि त्यही छिन् मेरी आमा।’ ५० वर्षदेखि कविता साहित्यमा लागेका श्रेष्ठले आफ्ना गुरु तथा वरिष्ठ कवि तथा गीतकार हरिभक्त कटवाललाई समर्पित कविता संग्रह ‘परेवा सेता काला’ बाट केही कविता सुनाए । पुराना कविता संग्रहबाट कविता सुनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्ने प्रेम भावका कविता पनि सुनाए। ‘हत्केलामा छ मन, जहाँ मन लाग्यो टाँसिदिन्छु, दिक्क लागे उप्काइदिन्छु’ भन्दै उपस्थित सबैको वाहवाही बटुले।

कवि अविनाशले पर्यावरण र वातावरणसँग सम्बन्धित कविता ‘पञ्च महाभूत’ कविता पनि सुनाए । उनले ‘विद्रोह’, ‘सपना’, ‘माछा’, ‘मेरी आमा’, ‘कुन्नी कुन अपरिचित गाउँकी नयन तारा बिरुवा’, ‘आङ्निमा जब तान बुन्छे’, ‘खलनायक’ र ‘हातमा कालो फूल लिएर उभिएकी नायिकालाई’ शीर्षकका कविता सुनाए । खलनायक कवितावाचन गर्दै उनी भावुक बने। देश परिवर्तन गर्न हिँडेका खलनायकहरूले सोझा जनता मारेका छन्। उनी भन्छन्, ‘खलनायकलाई कहिल्यै गोली लागेको छैन, किनकि ऊ सिद्धान्त बोकेर हिँड्छ र सिद्धान्तलाई अहिलेसम्म गोली लागेको छैन।’

Review overview

Criteria 1 9
Criteria 27.8
Criteria 39.2
Criteria 48.5
Criteria 59.9
Criteria 68.1
Criteria 79.7

The Pros

  • positive 1
  • positive 2
  • positive 3

The Cons

  • negative 1
  • negative 2
  • negative 3

Summary

8.9Maecenas non enim eu ante cursus blandit faucibus vitae neque. Morbi a pellentesque nunc, a pharetra sem. Maecenas ac lorem eu magna aliquam pretium egestas nec dui.

Leave a Reply