मनोरन्जन

ब्रेकअपको ५ वर्षपछि दीपिका-रणवीर एकै ठाउँमा

Only 10 people will be able to buy Ferrari's brand new supercar.

एजेन्सी: बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री दीपिका पादुकोण ब्रेकअपको ५ वर्षपछि मिलन भएको छ । दुवै स्टार कलाकार बलिउडका सबेभन्दा सुन्दर भूतपूर्व प्रेमी मानिन्छन् । अहिले फेरि उनीहरु मिल्न थालेको समाचार बलिउडमा सार्वजनिक भएको छ।

दीपिका-रणबीर मनीष मल्होत्राको निम्ता मान्दै फेशन शोको र्‍याम्पमा उत्रेका छन् । यो पटक पनि उनीहरुलाई एकै ठाउँमा देखेपछि फ्यानहरु खुसी भएका छन् ।

यस कार्यक्रमको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा सबाना आजमी सञ्चारमाध्यमसँग कुरा गरिरहेकी छन् । उनीसँगै उभिएका दीपिका-रणबीर सञ्चारमाध्यम र एक दोस्रोलाई पनि बिर्सेर कुरा गर्दै गरेको देखिएका छन् ।

दुवैजनाले के कुरा गरे ? प्रष्ट सुनिएको छैन । तर भिडियोमा रणवीरको अनुहारको भावले उनीहरुबीचको मिलन सुखद सं‌योग भएको देख्न सकिन्छ । हालै मात्र दिएको अन्तर्वार्तामा रणबीर कपुरले भने, ‘मैले दीपिकासँग कयौँ फिल्म खेलेको छु । टिभीमा पनि देखिएको छु । तर फेसन शोमा कहिले देखिएको थिइन् । मेरो विचारमा यो रमाइलो र स्मरणीय भयो ।’

पछिल्लो पटक दीपिका-रणबीरको जोडी तमासा फिल्ममा देखिएको थियो । केही दिनयता रणबीरको फिल्म सञ्जू को ट्रेलरले धेरै चर्चा पाइरहेको छ। उता दीपिकाले रणवीर सिंहसँग बिहे गर्ने कुराले पनि बलिउडमा धेरै चर्चा पाएको छ ।

Review overview

Criteria 1 9
Criteria 27.8
Criteria 39.2
Criteria 48.5
Criteria 59.9
Criteria 68.1
Criteria 79.7

The Pros

  • positive 1
  • positive 2
  • positive 3

The Cons

  • negative 1
  • negative 2
  • negative 3

Summary

8.9Maecenas non enim eu ante cursus blandit faucibus vitae neque. Morbi a pellentesque nunc, a pharetra sem. Maecenas ac lorem eu magna aliquam pretium egestas nec dui.

Leave a Reply